हरिवन, २१ असोज – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्लाहीमा पनि आजदेखि ‘हामी आउँदै छौँ’ अभियान सुरु गरेको छ ।
अभियानका लागि सर्लाहीमा पार्टीका ३ जना संघीय सांसद खटिएर आएका रास्वपा सर्लाहीका सभापति सरोज बानियाँले बताए । प्रतिनिधि सभा सदस्यहरु राजकिशोर महतो, अरविन्द साह र शम्भुकुमार यादव हामी आउँदै छौँ अभियानको जिम्मेवारी लिएर सर्लाही आइपुगेका हुन् ।
उनीहरुले आज पहिलो दिन बिहान सबेरैदेखि लालबन्दी, ईश्वरपुर, चन्द्रनगर, हरिपुर्वा, पर्सा, मलंगवालगायत पालिकामा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुसँग छलफल गरेका छन् ।
रास्वपाले संगठन विस्तार र नागरिकको गुनासो सुन्ने उद्देश्यले सर्लाहीसहित देशभर आजदेखि हामी आउँदै छौँ अभियान सुरु गरेको हो ।