logo
  • शनिबार, अशोज १७, २०८३ / Saturday, Oct, 03 ,2026

सर्लाही १ मा श्रेष्ठ र चौधरी प्यानलबाट निर्वाचित यी ३२ महाधिवेशन प्रतिनिधिहरु


  • उज्यालो अभियान

इश्वरपुर, १६ असोज – महाधिवेशन प्रतिनिधि नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. १ को केही पद बाहेक सभापति सहित पदाधिकारी एवं महाधिवेशन प्रतिनिधिहरु मतदान मार्फत चुनिएका छन् ।
विशेष महाधिवेशन मार्फत गगन थापाको नेतृत्वमा रहेको कांग्रेसले पन्ध्रौं महाधिवेशनका लागि वडा, पालिका र क्षेत्रको अधिवेशन गरिरहेको छ । विशेष महाधिवेशनबाट पार्टी एक ढिक्का रहेको र ‘सग्लो कांग्रेस’ भनिएपनि सर्लाही १ सहित मुलुकका विभिँन्न क्षेत्रीय अधिवेशनमा मतदान मार्फंत नै नेतृत्व चयन भएको छ ।
सर्लाही १ मा पनि पूर्व सभापति शेर बहादुर देउवा निकट मानिएपनि विशेष महाधिवेशनमा सहभागि भई केन्द्रीय सदस्य बनेका पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ र कांग्रेस नेता शेखर कोइराला निकट संविधान सभा सदस्य रामचन्द्र चौधरी पक्ष प्यानल नै बनाएर निर्वाचनको मैदानमा उत्रिएको थियो । निर्विरोध बाहेक निर्वाचन परिणाम अनुसार श्रेष्ठ प्यानलका नवराज अधिकारी क्षेत्रीय सभापतिमा विजयी भएका छन् । ५६१ मत सहित अधिकारी विजयी हुँदा चौधरी प्यानलका प्रत्यासी हरी बहादुर लुंगेली ५२४ मत सहित पराजित भए । लुंगेली यसअघिका क्षेत्रीय सभापति समेत हुन् ।
त्यस्तै सचिबमा श्रेष्ठ प्यानलका विरेन्द्र महतो कोइरी ५०० मतसहित विजयी हुँदा चौधरी पक्षका सुनिल खड्काले ४६० मत मात्र पाएका छन् । खुला सदस्य तर्फ श्रेष्ठ पक्षका राम प्रमोद महतो र राम एकवाल राय क्रमशः ५१० र ४५९ मतसहित विजयी भए भने चौधरी पक्षका अशोक थपलिया र बिन्दलाल राउत क्रमशः ४३५ र ३४० मतसहित पराजित भए । त्यस्तै आदिवासी जनजातीको समानुपातिक सदस्यतर्फ श्रेष्ठ पक्षका भाग्य नारायण चौधरी ५४६ मतसहित विजयी भएका छन भने चौधरी पक्षका रामसिंह चौधरी ४०३ मत मात्र पाएर पराजित बनेका छन् । क्षेत्रीय कार्यसमितिको सहसचिव, सदस्य लगायत १५ वटा पदको चयन निर्विरोध भएको थियो भने दलिततर्फको समानुपातिक सदस्यमा कसैको उम्मेदवारी नपरेको नेपाली कांग्रेस जिल्ला निर्वाचन समितिको कार्यालय मलंगवाले जनाएको छ ।
त्यस्तै महाधिवेशन प्रतिनिधितर्फ मतदानमार्फत ३२ जना निर्वाचित भए । जसमा श्रेष्ठ र चौधरी प्यानलका १६-१६ जना विजयी भएका छन् । श्रेष्ठ निकट मदन विश्वकर्मा भने दलित समानुपातिकतर्फ निर्विरोध भए । विशेष महाधिवेशनमा सहभागि नभएका नेता शेखर कोइराला निकट चौधरी नेतृत्वको प्यानलले महाधिवेशन प्रतिनिधिमा भने ५० प्रतिशत हिस्सा ओगटेको छ । क्षेत्रीय सभापति समेत पदेन महाधिवेशन प्रतिनिधि हुने भएकाले श्रेष्ठको पक्षबाट १८ जना महाधिवेशन प्रतिनिधि भएका छन् ।

शम्भुलाल श्रेष्ठ र रामचन्द्र चौधरी प्यानलबाट विजयी भएका महाधिवेशन प्रतिनिधिहरु :