लालबन्दी, १९ असोज – सर्लाहीको मौसम आज निरन्तर बदली भइरहेको छ ।
आज दिउँसोदेखि जिल्लाको धेरै ठाउँमा मेघगर्जन भइरहे पनि पानी भने परेको छैन् ।
चुरेपहाडी क्षेत्रमा भने पानी परिरहेको स्थानीयले बताएका छन् । गएराति र आज बिहान पनि चुरेभेगको घारिबथान, परवानीपुर, पत्थरकोटलगायत क्षेत्रमा पानी परेको थियो ।
आज दिउँसोदेखि जिल्लाको पूर्वपश्चिम महेन्द्र राजमार्ग क्षेत्र र दक्षिणी बेल्टमा पनि आकाश गड्यागुडुङ गरिरहेको छ तर पानी पर्न सकेको छ्रैन् ।
पानी पर्ला जस्तो भएर मौसम धुम्मिने र बेलाबेलामा हावा चल्ने भइरहेकाले स्थानीयले शित्तलता महसुस गर्न पाएका छन् ।