बागमती, १६ असोज – सर्लाहीको बागमती नगरपालिका-३, धरहराका वडाध्यक्ष तिलकबहादुर मोक्तानको निधन भएको छ ।
मुटु रोगबाट ग्रसित ४७ वर्षीय वडाध्यक्ष मोक्तानको आज काठमाडौँमा निधन भएको भनी जानकारी आएको बागमती नगरपालिकाका कार्यवाहक नगरप्रमुख कृष्णकुमार लामाले उज्यालो अभियानसँग बताए ।
वडाध्यक्ष मोक्तान उपचारका लागि करिव एक महिनाअघि काठमाडौँ गएका थिए । उनलाई केही दिनदेखि ज्वरोसमेत आइरहेको थियो ।