हरिपुर, १६ असोज – सर्लाहीको हरिपुर नगरपालिका २ नं. वडा कार्यालयमा लामो समयदेखि कार्यरत वडा सचिव मिलन सुवेदीलाई बिदाई गरिएको छ ।
अधिकृतमा बढुवा भएर पर्सा जिल्ला सरुवा भएका वडा सचिव सुवेदीलाई आज वडा कार्यालयमा वडाध्यक्ष निलबिक्रम थापा, अन्य जनप्रतिनिधि र कर्मचारी भएर बिदाई गरेका हुन् ।
यस्तै, हरिपुर २ को नयाँ वडा सचिवको जिम्मेवारी पाएका रुपेश रायलाई स्वागत गरिएको छ ।
वडा सचिव रायले अर्को व्यवस्था नहुन्जेल हरिपुर ७ सँगै हरिपुर २ को वडा सचिवको समेत जिम्मेवारी सम्हाल्ने वडा अध्यक्ष थापाले बताए ।