logo
  • बिहिबार, अशोज २२, २०८३ / Thursday, Oct, 08 ,2026

तीन घन्टादेखि चक्काजाम, कविलासीमा विद्यार्थीको प्रदर्शन जारी


  • उज्यालो अभियान

तीन घन्टादेखि चक्काजाम, कविलासीमा विद्यार्थीको प्रदर्शन जारी

कविलासी, २१ असोज – सर्लाहीको कविलासीमा बुधबार दिउँसा २ बजेदेखि नै विद्यार्थीले प्रदर्शन गरिरहेका छन् ।

शिक्षकको व्यवस्था नभएको भन्दै जमुनिया माविका विद्यार्थीहरु भेला आएर नगरपालिका कार्यालयमा आई प्रदर्शन गरेका हुन् । उनीहरुले दिउँसो साँढे २ बजेदेखि नै नवलपुर मलंगवा सडकमा प्रदर्शन गरेर गाडी पास हुन दिएका छैनन् ।

विद्यार्थीले चक्काजाम खोल्न नमानेपछि अहिले सिडिओ, एसपीसहितको टोली त्यहाँ पुग्दै छ ।

कविलासी नगरपालिकाका मेयर ब्रम्हदेव रायले विद्यार्थीलाई उक्साएर नगरपालिका कार्यालय र रोडमा ल्याइएको उज्यालो अभियानसँग बताएका छन् ।

आफू काठमाडौँ रहेको र फर्किएपछि विद्यार्थीसँग छलफलमा बस्ने उनको भनाइ छ ।