logo
  • मङ्लबार, अशोज २०, २०८३ / Tuesday, Oct, 06 ,2026

बागमतीमा भाले हात्ती मृत भेटियो


  • उज्यालो अभियान

यो पुरानो तस्बीर हो ।

बागमती, १८ असोज – सर्लाहीको बागमती नगरपालिका ४ मा आज बिहानै एउटा हात्ती मृत फेला परेको छ ।

ब्रम्हस्थान सामुदायिक वन नजिकै परबल बारीमा ठूलो हात्ती मृत भेटिएको बागमती नगरपालिकाका कार्यवाहक मेयर कृष्ण लामाले उज्यालो अभियानसँग बताए ।

हात्ती मरेको अवस्थामा भेटिएको सूचना पाएपछि सवडिभिजन वन कार्यालयबाट वनकर्मीको टोली घटनास्थलतर्फ गइरहेको सर्लाहीका डिभिजन वन प्रमुख विनोद सिंहले उज्यालो अभियानलाई जानकारी दिए ।

बागमती ४ मा राति हात्ती देखिएकोमा बिहान भृत फेला परेको हो ।