logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

कौडेना गाउँपालिकाद्वारा शिवनगर र छपकैयाँका बाढीपीडितलाई खाद्यान्न प्रदान


  • उज्यालो अभियान

बाढीपीडित परिवारलाई राहतस्वरुप वितरण गर्न खाद्यान सामग्री प्याकिङ गर्दै कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार सहित पालिकाका कर्मचारी एवं सुरक्षाकर्मीहरु । (तस्बिर : सामाजिक संजाल)

कौडेना, २० असोज – कौडेना गाउँपालिका कार्यालयले आफ्नो पालिकास्थित शिवनगर र छपकैयाँका बाढीपीडित परिवारलाई राहतस्वरुप खाद्यान्न सामग्री प्रदान गरेको छ ।

आइतबार साँझ कौडेना गाउँपालिका–७ शिवनगरका १३७ घरधुरी तथा वडा नं. ५ को छपकैया टोलास्थित ५८ घरधुरीलाई सुरक्षाकर्मीको माध्यमबाट राहत वितरण गरिएको को । शिवनगरका प्रति परिवारलाई साँढे २ केजीका दरले चिउरा, चिनी, दालमोट प्रदान गरिएको छ भने शिवनगरमा प्रति परिवार ५ केजी चिउरा, चाउचाउ ४ पोका, विस्कुट ४ पोका, पानी १ बोतल, दालमोठ १ प्याकेट, भूजा १ प्याकेटका दरले वितरण सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी निरीक्षक रविन्द्र कार्की नेतृत्वको टोलीले राहत सामग्रीहरु वितरण गरेको हो ।

शिवनगर र छपकैया टोला शनिबार रातीदेखि नै लखन्देहीको बाढीका कारण चारैतिर सडक संजालबाट विच्छेद भएका थिए ।

योपनि पढ्नोस्

कौडेनामा डेढ सय मिटर हुलाकी सडक कटान, आवतजावत ठप्प

सर्लाहीका यि ठाउँहरुमा छन् डुबान र कटानको समस्या

हरिवन खोलाले पाइप बगाउँदा बागमतीका साँढे १३ सय घरधुरी खानेपानीबाट बञ्चित

भारतको ‘एसएसबी रोड’ का कारण मलंगवा डुबानमा (तस्बिरहरु)

बागमती नदिको जलसतह उच्च खतरामा पुग्यो

सर्लाहीमा १५ घण्टादेखि अविरल वर्षा, बागमती ड्यामको सबै ढोका खोलियो