बागमती नदिमा आएकाे बाढी । (फाईल तस्बिर : उज्यालाे अभियान)
हरिवन, १९ असोज – सर्लाही र रौतहटको सीमा बागमती नदिको जल सतह खतराको तहमा पुगेको छ ।
पधेरो दोभानस्थित जल सतह मापन केन्द्रका अनुसार मध्यरातसम्म साँढे ८ मिटर रहेकामा आइतबार बिहान केही घटेर अहिले ७ मिटर जल सतह रहेको छ । उक्त केन्द्रमा ६ मिटरभन्दा माथि जलसतह भएपछि उच्च खतरा रहेको मानिन्छ । बाढी बढ्दै गएपछि शनिबार दिउँसो बागमती सिंचाई ब्यारेजका ३६ वटै (सबै) ढोका खोलिएको थियो ।
त्यस्तै लखन्देही, झिम खोलामा पनि ठूलो बाढी आएको र दक्षिणी क्षेत्रमा बस्तीहरु डुबान गरेको स्थानीयले बताएका छन् ।
योपनि पढ्नोस्
सर्लाहीमा १५ घण्टादेखि अविरल वर्षा, बागमती ड्यामको सबै ढोका खोलियो