logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सर्लाहीमा आज बिहानैदेखि घाम लाग्यो


  • उज्यालो अभियान

लालबन्दी, १५ कात्तिक – सर्लाहीको मौसम आज बिहानैबाट सफा रहेर घाम लागिरहेको छ ।

बिहीबार बेलुकादेखिको झरी रोकिएसँगै आज बिहानैदेखि घाम लागेर मौसम उघ्रिएको हो । लगातारको झरी रोकिएर घाम लागेसँगै जनजीवन सहज बनेको छ ।

घाम लागेको तथा बिदाको दिन समेत परेकाले मानिसहरु बिहानैदेखि सरसफाईको काम ब्यस्त देखिन्छन् ।

फाट्टफुट्ट कतैकतै पानी भिजाएको धाइ सुकाइरहेका किसान पनि देखिन्छन् । तर यो पटक पानी पर्ने पूर्वानुमानपछि धेरै किसानले काटेको धान हतारहतार भित्राए पनि धेरै त भिजाउने डरले धान काटेनन् ।

अब मौसम उघ्रिएसँगै धान काट्ने तयारी किसानको छ । पानी पर्न रोकिएसँगै बागमतीसहितका खोलाहरुमा पानी घट्दै गएको छ ।

मौसम उघ्रिएपछि किसान, मजदुर र अन्य मानिसहरु आफ्नो नियमित काममा फर्किएका छन् ।