logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

प्रचण्ड र माधव नेपाल मलंगवा आउँदै


  • उज्यालो अभियान

मलंगवा, १५ कात्तिक – दुई पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आज सर्लाही सदरमुकाम मलंगवा आउँदै छन् ।

नेपाली कम्युनिष्ट पार्टीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्न पार्टीका संयोजक प्रचण्ड र सहसंयोजक नेपाल आउन लाग्नुभएको नेकपा सर्लाहीका नेता रामेश्वर रायले जानकारी दिए ।

पूर्व शिक्षकसमेत रहेका रायका अनुसार पार्टी संयोजक तथा उपप्रमुखको उपस्थितिमा जिल्लामा विभिन्न घटकबिच एकता भएर नेकपा बनेको घोषणासहित शपथग्रहणको समेत तालिका तय गरिएको छ ।