logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

हरिवन खोलाले पाइप बगाउँदा बागमतीका साँढे १३ सय घरधुरी खानेपानीबाट बञ्चित


  • उज्यालो अभियान

बागमती, १९ असोज – हरिवन नगरपालिका र बागमती नगरपालिकाको सिमाना भएर बग्ने हरिवन खोलाले वृहद् खानेपानी उपभोक्ता समितिको मुख्य पाइपलाइन बगाएको छ ।

शनिबार राती नै हरिवन खोलाको बाढीले बागमती नगरपालिका वडा नं. २ र ३ तर्फ खानेपानी विस्तार गरिएको मुख्य पाइप बगाएको समितिका अध्यक्ष बसन्त भट्टराइले उज्यालो अभियानलाई जानकारी दिए । भट्टराइका अनुसार पाइप बगाएपछि दुईवटा वडाका झण्डै १३ सय ५० घरधुरी खानेपानी सेवाबाट बञ्चित भएका छन् । बाढी जारी नै रहेकाले तत्काल खानेपानी सेवा सुचारु गर्ने अवस्था नरहेको भट्टराइले जानकारी दिए ।

उक्त समितिको बागमती नगरपालिका वडा नं. १ आदर्श चोकदेखि उत्तर रहेको ओभरहेड ट्यांकबाट २३ सय घरधुरीमा खानेपानी सेवा सुचारु थियो ।

योपनि पढ्नोस्

भारतको ‘एसएसबी रोड’ का कारण मलंगवा डुबानमा (तस्बिरहरु)

बागमती नदिको जलसतह उच्च खतरामा पुग्यो

सर्लाहीमा १५ घण्टादेखि अविरल वर्षा, बागमती ड्यामको सबै ढोका खोलियो