logo
  • मङ्लबार, अशोज २०, २०८३ / Tuesday, Oct, 06 ,2026

मदनपुरबाट पेस्तोलसहित एक युवक पक्राउ


  • उज्यालो अभियान

मलंगवा, १९ असोज – कविलासी नगरपालिका-३, मदनपुरबाट पेस्तोलसहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मदनपुरकै ३३ वर्षीय तुलसी ठाकुर रहेका जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ । ठाकुरलाई एक थान सिक्सर पेस्तोलसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

मोटरसाइकल दुर्घटना भएको सूचना पाएपछि घटनास्थलमा प्रहरी टोली पुग्दा मोटरसाइकल चालक ठाकुरको साथबाट  हतियार बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए । ठाकुर आज बिहानपख बीआर ३० वाइ २८५३ नम्वरको मोटरसाइकल चढेर प्रदेश राजधानी जनकपुरबाट मदनपुरस्थित घरतर्फ आउँदै गर्दा दुर्घटनामा परेका प्रहरीले जनाएको छ ।