मलंगवा, १९ असोज – कविलासी नगरपालिका-३, मदनपुरबाट पेस्तोलसहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मदनपुरकै ३३ वर्षीय तुलसी ठाकुर रहेका जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ । ठाकुरलाई एक थान सिक्सर पेस्तोलसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
मोटरसाइकल दुर्घटना भएको सूचना पाएपछि घटनास्थलमा प्रहरी टोली पुग्दा मोटरसाइकल चालक ठाकुरको साथबाट हतियार बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए । ठाकुर आज बिहानपख बीआर ३० वाइ २८५३ नम्वरको मोटरसाइकल चढेर प्रदेश राजधानी जनकपुरबाट मदनपुरस्थित घरतर्फ आउँदै गर्दा दुर्घटनामा परेका प्रहरीले जनाएको छ ।