हरिवन, १४ असोज – नेपाली कांग्रेसको पूर्व सभापति शेरबहादुर देउवा समूहले सर्लाही जिल्ला सभापतिको जिम्मेवारी नेता हरेशप्रसाद महतोलाई दिएको छ ।
कांग्रेसको देउवा समूहले आज साँझ जारी गरेको विज्ञप्तीमा १५ औँ केन्द्रीय महाधिवेशन गर्न सर्लाही जिल्लामा नेता महतोलाई सर्लाही सभापतिको जिम्मेवारी प्रदान गरेको हो ।
देउवा समूहले असोज १५ गतेदेखि वडा अधिवेशन प्रारम्भ गर्दै १५ औँ महाधिवेशनको तयारी गरिरहेको छ ।