logo
  • शुक्रबार, अशोज १६, २०८३ / Friday, Oct, 02 ,2026

सर्लाही १ मा छानिए महाधिवेशन प्रतिनिधि, सभापतिमा अधिकारी निर्वाचित


  • उज्यालो अभियान

बयलवास, १५ असोज – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि सर्लाहीका दुईवटा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

क्षेत्र नं. १ मा निर्वाचनबाट र क्षेत्र नं. ४ मा सर्वसहमतिमा महाधिवेशन प्रतिनिधि छानिएका हुन् । असोज १८ गते काठमाडौँमा हुने महाधिवेशनमा अहिले निर्वाचित भएका महाधिवेशन प्रतिनिधि सहभागी हुने छन् ।

सर्लाही १ मा बिहीबार बिहान सम्पन्न मतगणना अनुसार केन्द्रीय महाधिवेशन प्रतिनिधि खुल्ला १० जनामा तेजनारायण चौधरी, कुवेर आचार्य, शिव गुर्मछाने, शम्भुलाल श्रेष्ठ, राकेशकुमार ढुङ्गेल, प्रमोदकुमार बराल, अद्धैतराम उपाध्याय, सूर्यबहादुर खड्का, सत्यनारायण चौधरी र योगराज देवकोटा चयन भएका छन् । महिलातर्फ भवानीकुमारी कोइराला, बनिता कार्की, निलमदेवी राय यादव र पम्फा श्रेष्ठ लामा, समानुपातिक थारुतर्फ रामचन्द्र चौधरी, समानुपातिक मधेशी खुल्ला तर्फ रामबाबु साह र सोनेलाल साह विजयी भए ।

पेशागत विषयविज्ञतर्फ अधिवक्ता लोकहरि पौडेल, युवातर्फ ठाकुरप्रसाद बख्रेल र सुरज थापा, श्रमिकतर्फ महेन्द्रप्रसाद महतो, खसआर्यतर्फ विमल ढुुङ्गेल, मधेशी महिलातर्फ इन्द्रादेवी पासवान र कन्चनदेवी साह, मुस्लिमतर्फ शेष शाहादुल्लाह, दलिततर्फ इश्कीलाल पासवान, आदिवासी जनजाति महिलातर्फ रञ्जितादेवी चौधरी, आदिवासी जनजाति खुल्लातर्फ गोपाल पजियार थारु, अल्पसङ्ख्यकतर्फ रामनारायण सिंह थारु, शहीद परिवार/प्रजातन्त्र सेनानी/शहिद परिवार/द्वन्द्वपीडित तर्फ भीमबहादुर जर्गा मगर, युवा महिलातर्फ शर्मिला थापा गुरुङ र अपाङ्तातर्फ धर्मलाल राय निर्वाचित भएका छन् ।

यस्तै सर्लाही १ को क्षेत्रीय सभापतिमा नवराज अधिकारी, सचिवमा वीरेन्द्र महतो कोइरी, सदस्यहरुमा रामप्रमोद महतो, राम एकवाल राय, भाग्यनारायण चौधरीलगायत निर्वाचित भएका छन् । क्षेत्र नं. १ मा सहमतिको प्रयास असफल भएपछि बयलवासस्थित गल्ला व्यापार संघको भवनमा मतदानबाट महाधिवेशन प्रतिनिधि तथा क्षेत्रीय कार्य समिति चयन गरिएको हो ।