logo
  • शुक्रबार, अशोज १६, २०८३ / Friday, Oct, 02 ,2026

करेन्ट लागेर बालकको ज्यान गयो


  • उज्यालो अभियान

ब्रह्मपुरी, ११ असोज – बोर्डर क्षेत्रमा पर्ने ब्रह्मपुरी गाउँपालिका-५, पडरियामा आज करेन्ट लागेर एक बालकको ज्यान गएको छ ।

प्रहरी चौकी पर्साका अनुसार, पडरिया गाउँ बस्ने नन्टुन पासवानका छोरा १३ वर्षीय आयुष पासवानको करेन्ट लागेर मृत्यु भएको हो । आयुषलाई आज दिउँसो साढे २ बजेतिर गाउँकै हिरेन्द्र राउतको खेतमा मोटरबाट पानी पटाउन राखिएको नाङ्गो तारमा छुँदा करेन्ट लागेर मृत्यु भएको हो ।

आज दिउँसो पानी पर्न रोकिएर मौसम उघ्रिएपछि खेतमा डुल्दै जानेक्रममा अयुषलाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको गाउँलेले बताएका छन् । घटनाबारे प्रहरी चौकी पर्सा र जिल्ला प्रहरी कार्यालय मलङ्गवाको टोलीले अनुसन्धान गरिरहेको छ ।

मृतक बालकको शव पोस्टमार्टम गर्न प्रादेशिक अस्पताल मलंगवा लगिएको छ ।