logo
  • शुक्रबार, अशोज १६, २०८३ / Friday, Oct, 02 ,2026

लम्बिँदै कांग्रेसको क्षेत्रीय अधिवेशन, क्षेत्र नं. १ मा भोली मतदान हुने


  • उज्यालो अभियान

लालबन्दी, १२ असोज – सर्लाहीमा नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन लम्बिँदै गएको छ ।

क्षेत्र नं. १ मा साेमबार हुने भनिएको मतदान हुन सकेन् । मतदानका लागि भनी बयलवास पुगेका मतदाता (क्षेत्रीय प्रतिनिधि) हैरान मात्र खेपेर फर्किएका छन् ।

क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशन शनिबार नै बयलवासस्थित गल्ला व्यापार संघको सभा हलमा सुरु भएको थियो । कांग्रेसका एक नेताले मंगलबार पनि कतिबेला देखि मतदान सुरु हुन्छ भन्ने फिक्स नरहेको अहिले साँझ उज्यालो अभियानसँग बताए ।

निर्वाचन समितिले पनि यही नै समयमा भनेर भन्न सकेको छैन् । क्षेत्र नं. १ मा पार्टीका केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ र संविधान सभा सदस्य रामचन्द्र चौधरी पक्षबिच रस्साकस्सी देखिन्छ ।

यहाँ स्वतन्त्र अर्थात् प्यानल नबनाई उम्मेदवार दिनेहरु पनि छन् । अझै पनि सहमतिको नाममा छलफल भइरहेको भन्दै युवा क्षेत्रीय प्रतिनिधि तथा प्यानलभन्दा बाहिर रहेकाहरुले अब सहमतिको कुरा नगरी खुरुक्क मतदान गर्न माग गरिरहेका छन् ।

क्षेत्र नं. २ मा त क्रियाशील सदस्यता विवादले अधिवेशन नै अघि बढ्न सकेको छैन् ।

सर्लाही क्षेत्र नं. ३ को क्षेत्रीय अधिवेशन साेमबारबाट बल्ल बरहथवामा औपचारिक उद्घाटन भएर सुरु भएको छ । क्षेत्र नं. ३ मा वर्तमान जिल्ला सचिव निरज कार्की र प्रतिनिधि सभा सदस्यका प्रत्यासी विनाेद खनाल पक्षबिच टक्कर छ । यद्यपी त्यहाँ सहमतिबाटै नेतृत्व चयनकाे अन्तिम प्रयास भइरहेकाे नेताहरु बताउँछन् ।

क्षेत्र नं. ४ मा आइतबार नै धनकौलमा अधिवेशन प्रारम्भ भए पनि सहमति भएको वा कहिले मतदान गराउने भन्ने कुनै सूचना बाहिरिएको छैन् । क्षेत्र नं. ४ मा कांग्रेस सर्लाहीका वर्तमान हस्तीहरु सुरेन्द्र सिंह र वीरेन्द्र सिंह दाजुभाईको बर्चश्व रहेकाले महाधिवेशन प्रतिनिधि चयन र क्षेत्रीय कार्य समिति चयनमा दुई जनाकै हालिमुहाली हुने कांग्रेस वृत्तमा चर्चा हुन्छ ।

कांग्रेस सर्लाहीको निर्वाचन गराउन खटिएका निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले मंगलबारसम्म क्षेत्रीय अधिवेशन गरिसक्न पार्टीको अधिवेशन तालिकामा उल्लेख रहेको  उज्यालो अभियानसँग बताए ।