logo
  • शुक्रबार, अशोज १६, २०८३ / Friday, Oct, 02 ,2026

बागमती नगरपालिकामा बुधबार बिदा


  • उज्यालो अभियान

बागमती नगरपालिकाको कार्यालय । (फाइल तस्बीर)

बागमती, १२ असोज – सर्लाहीको बागमती नगरपालिकाले इन्द्रजात्रा मेलाका लागि पालिकाभित्र पर्सी बुधबार एक दिन स्थानीय बिदा दिएको छ ।

बागमती नगरपालिका-८, शंकरपुर सोल्टीबजारमा आयोजना गरिएको इन्द्रजात्रा मेलाका लागि पर्सी असोज १४ गते बुधबार पालिकाभर स्थानीय बिदा दिने निर्णय गरिएको हो । सोल्टीबजारमा लाग्ने ऐतिहासिक इन्द्रजात्रा मेला आजदेखि सुरु भइसकेको छ ।

यसअघि नै आयोजना गरिएको मेला पानी परेर स्थगित गरी आजदेखि बुधबारसम्मका लागि तय गरिएको हो । बागमती नगरपालिकाका कार्यवाहक नगरप्रमुख कृष्णकुमार लामाले आज सूचना जारी गर्दै इन्द्रजात्रा मेला समापनको दिन बुधबार नगरपालिकाभरी स्थानीय बिदा दिइएको उल्लेख गरेका छन् ।

पर्सी बुधबार बागमती नगरपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयहरु बन्द रहने भएका छन् ।