logo
  • शुक्रबार, अशोज १६, २०८३ / Friday, Oct, 02 ,2026

सामुदायिक आधारशीलाको १६ औँ वार्षिक साधारण सभा सम्पन्न


  • उज्यालो अभियान

हरिवन, ११ असोज – सर्लाहीको हरिवन नगरपालिका ११ मा रहेको सामुदायिक आधारशीला बचत तथा ऋण सहकारी संस्थाको आज १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष मोहनलाल श्रेष्ठको अध्यक्षता तथा ज्येष्ठ शेयर सदस्य ९३ वर्षीया सावित्रा घिमिरेको प्रमुख आतिथ्यतामा संस्थाकै सभाहलमा साधारण सभा सम्पन्न भएको हो । सभामा संस्थाका उपाध्यक्ष पुरुषोत्तम थापाले स्वागत तथा सल्लाहकार चूडामणि वाग्लेले शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।

गत आर्थिक वर्ष २०८२/८३ सम्म ३६ करोड ८३ लाख ३० हजार ७४८ रुपैयाँ ३१ पैसा वित्तीय कारोवार रहेको संस्थाले गत वर्ष १ करोड १० लाख ९९ हजार २६१ रुपैयाँ ८५ पैसा खुद मुनाफा आर्जन गरेको साधारण सभामा जानकारी गराइएको छ ।

संस्थाले साधारण सभामा उत्कृष्ट बालबचतकर्ता साभ्यान भण्डारीसहित असल बचतकर्ता, ऋणीलगायतलाई सम्मान गरेको प्रवन्धक रविन्द्रबहादुर थापाले जानकारी दिए ।

संस्थाले सम्पूर्ण कारोवार गर्ने सदस्यहरुलाई १४.२४ प्रतिसत बोनस र प्रोत्साहन रकम दिने निर्णय गरेको छ ।