logo
  • शुक्रबार, अशोज १६, २०८३ / Friday, Oct, 02 ,2026

जिल्लास्तरीय अनुगमन र समिक्षा बैठक सम्पन्न


  • उज्यालो अभियान

मलंगवा, ०७ असोज – जिल्ला समन्वय समिति, सर्लाहीको आयोजनामा सर्लाही जिल्लामा वर्ल्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा बागमती सेवा समाज नेपाल र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र, सर्लाहीले संचालन गरिरहेको बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो परियोजनाको जिल्ला स्तरीय अनुगमन र आर्थिक वर्ष सन् २०२६ को समीक्षा बैठक सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहले वर्ल्ड भिजन र साझेदार संस्थाहरुले संचालन गरेका क्रियाकलापहरु प्रभावकारी रहेको र ग्रामीण स्तरका विपन्न वर्गको आर्थिक एवं सामाजिक सशक्तिकरणमा ठूलो योगदान गरेको बताए ।

यसैगरी जिल्ला समन्वय समिति, सर्लाहीका उपप्रमुख जितेन्द्र कुमार महतोले संस्थाले सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकामा संचालन गरेको क्रियाकलापहरुले समाजमा सकारात्मक परिवर्तन ल्याएको र स्थानीय सरकारसँग साझेदारीमा कार्यक्रम संचालन गर्न सकेमा अझ प्रभावकारी हुने बताए ।

सोही कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय, सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले साझेदार संस्थाहरुले विपन्न वर्गका बालबालिका र तिनका परिवारलाई लक्षित गरी संचालन गरेका क्रियाकलापहरु प्रभावकारी रहेको बताए ।

उक्त कार्यक्रममा आर्थिक वर्ष सन् २०२६ मा संचालन गरिएका क्रियाकलाप तथा उपलब्धी बारे वर्ल्ड भिजन इन्टरनेसनल नेपालको जिल्ला संयोजक सीता चौधरी, बागमती सेवा समाज नेपालका कार्यक्रम संयोजक कुमार भण्डारी, राष्ट्यि रोजगार प्रवद्र्धन केन्द्रका कार्यक्रम ब्यवस्थापक रामकुमार यादव र परियोजना ब्यवस्थापक आदित्य पटेलले विस्तृत रुपमा प्रस्तुतिकरण गरेका थिए ।

जिल्ला समन्वय समितिका नायव सुब्बा संजय विश्वकर्माले संचालन गरेको कार्यक्रममा बागमती सेवा समाज नेपालका सचिव कुन्ता चौलागाईले स्वागत मन्तब्य ब्यक्त गरिन् ।

यसैगरी उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी उपरिक्षक रविन्द्रनाथ पौडेल, पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ओम प्रकाश ठाकुर, हरिपुर्वा नगरपालिकाका वडाअध्यक्षहरु वडा नं. ३ का अध्यक्ष प्रमोद राय, वडा नं. ६ का अध्यक्ष रामसोगारथ राय, वडा नंं. ८ का अध्यक्ष रामेश्वर राय यादव, हरिपुर्वा नगरपालिकाका शिक्षा शाखा प्रमुख जनक काफ्ले, वर्ल्ड भिजन इन्टरनेसनल नेपालका वरिष्ठ संयोजक केशव सिग्देल, बाल संजाल पर्साका अध्यक्ष लाडली खातुन लगायतले आफ्नो आफ्नो धारणा राखेका थिए ।

यसअघि जिल्ला समन्वय समिति, सर्लाहीका प्रमुख कौशल किशोर सिंहको नेतृत्वमा जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुख, संचारकर्मी, नागरिक समाजका प्रतिनिधिहरुले हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकामा दुबै संस्थाहरुले संचालन गरेका क्रियाकलापहरुको अनुगनम समेत गरेको थिए ।