चक्रघट्टा, ३० साउन – सर्लाहीको चक्रघट्टा गाउँपालिका–५, पडरियामा गएराति मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
दुर्घटनामा अर्का पैदलयात्री र मोटरसाइकल चालक घाइते भएका छन् । राति ८ बजेपछि चक्रघट्टाबाट पडरियातर्फ जाँदै गरेको बीआर ३० एजी ५०३६ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री पडरियाका ६० वर्षीय बरन बैठाको मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट अर्का पैदलयात्री सोही ठाउँका २० वर्षीय दीपक मण्डल घाइते भएका छन् । मण्डलको प्रादेशिक अस्पताल मलंगवामा उपचार चलिरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सामान्य घाइते भएका मोटरसाइकल चक्रघट्टा गाउँपालिका–१, का २० वर्षीय हरेकृष्ण यादवलाई उपचारपछि नियन्त्रणमा लिइएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिए ।