बागमती नदिमा आएकाे बाढी । (फाईल तस्बिर : उज्यालाे अभियान)
बागमती, १४ कात्तिक सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओं विजयराज सुवेदीले बागमती नदी आसपास नजान माइकिङ गर्न लागिएको बताएका छन् ।
अहिले दिउँसो उज्यालो अभियानसँग कुरा गर्दै सिडिओ सुवेदीले कुलेखानीमा जलसतह बढेको जानकारी आएको र पानी बढ्दै गए ढोका खोल्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरेका छन् ।
नदी तटीय क्षेत्रमा माइकिङ गर्न सुरक्षा निकाय र स्थानीय पालिकालाई भनिएको सिडिओ सुवेदीले बताए । मकवानपुरका सिडिओसँग कुराकानी भएको बताउँदै यदि कुलेखानीको ढोका खोलिए थप जानकारी आउने सिडिओ सुवेदीको भनाइ छ।