बागमती, १५ कात्तिक – सर्लाहीको बागमती नगरपालिका ४ जिरायत बजारमा आज सुकुम्वासी तथा अव्यस्थित बसोबास समस्या समाधान सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला भूमि समस्या समाधान समितिको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । आयोजक समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीको अध्यक्षतामा आयोजित कार्यक्रममा सर्लाही ३ का प्रतिनिधि सभा सदस्य नरेन्द्र साह, विभिन्न पालिकाका प्रमुख, सुरक्षा अधिकारी, विभिन्न कार्यालयका प्रमुखलगायत अन्य सरोकारवालाको आतिथ्यता रहेको थियो ।
े
कार्यक्रममा सिडिओ सुवेदीले सुकुम्वासी तथा अव्यवस्थित बसोवासीका लागि जिल्लामा पछिल्लो समय भइरहेका कामबारे जानकारी गराएका थिए ।
सर्लाही ३ का प्रतिनिधि सभा सदस्य साहले भूमि समस्या समाधान गर्न प्रतिवद्ध रहेको बताए । उनले राष्ट्रिय सभामा बहुमत नरहेकाले भूमी सम्वन्धी अध्यादेश ल्याउनु परेको सुनाए ।
हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकीले भूमि सम्वन्धी समस्या समाधान गर्न सरकार उदासिन रहेको आरोप लगाए ।
लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीले १८ घण्टा काम गरेर भए पनि सुकुम्वासीलाई लालपूर्जा दिलाउन लागिपरिरहेको बताए ।
जिरायत बजारमा भएको उक्त कार्यक्रममा उल्लेख्य संख्यामा भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोवास सहभागी भएका छन् ।