logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

संचारकर्मी मैनालीद्वारा जन्मदिनमा गुरुकुललाई सहयोग


  • उज्यालो अभियान

लालबन्दी, ३० साउन – संचारकर्मी प्रकाश मैनालीले जन्मदिनको अवसरमा लालबन्दी ७ स्थित राधाकृष्ण गुरुकुलमा सहयोग प्रदान गरेका छन् ।

हिजो परेको जन्मदिनको अवसरमा सामुदायिक रेडियो एकताका व्यवस्थापक मैनालीले गुरुकुलमा शैक्षिक सामग्री र खाद्यान्न सहयोग गरेका हुन् ।

मैनालीले रेडियोका अध्यक्ष गोविन्दबहादुर महत, कोषाध्यक्ष शालिग्राम लम्साल र रेडियोका अन्य संचारकर्मी तथा कर्मचारीको उपस्थितिमा गुरुकुललाई सहयोग प्रदान गरेको जानकारी दिए ।