logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

कविलासीमा कांग्रेसका यादव र कर्ण विजयी


  • उज्यालो अभियान

कविलासी – सर्लाहीको कविलासी नगरपालिकाको मेयर तथा उपमेयरमा नेपाली कांग्रेसका ब्रम्हदेव राय र पुनम कर्ण निर्वाचित भएका छन् ।

तत्कालीन राजपाबाट जित निकाली यस पटकको चुनावमा एमालेबाट उम्मेदवार बनेका निवर्तमान मेयर कौशलकिशोर यादव तथा जसपाका उम्मेदवार बनेकी निवर्तमान उपमेयर राधादेवीलाई हराउँदै कांग्रेसले जित निकालेको हो ।

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत कविलासी नगरपालिकमा कांग्रेसका उम्मेदवार राय ६ हजार ४ सय ४४ मतसहित मेयरमा निर्वाचित भएका हुन् । उनले जनता समाजवादी पार्टीका उम्मेदवार रामनरेश रायलाई १ हजार ७ सय ८१ मतान्तरले पराजित गरे ।

जसपाका उम्मेदवार रायले ४ हजार ६ सय ६३ मत ल्याए । पार्टी परिवर्तन गरेर नेकपा एमालेबाट उम्मेदवार बनेका निवर्तमान मेयर कौशलकिशोर यादवले भने ३ हजार ५ सय १८ मत मात्र प्राप्त गरे ।

यस्तै, उपमेयरमा कांग्रेसकै पुनम कर्ण ६ हजार ९ सय ७ मत ल्याइ विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी जसपाकी उम्मेदवार तथा निवर्तमान उपमेयर राधादेवी ४ हजार ९ सय १६ मत प्राप्त गरिन् ।

१० वडा रहेको कविलासीमा ६ वटा वडामा कांग्रेस, २ वडामा जसपा तथा एकरएक वडामा एकीकृत समाजवादी र एमालेका उम्मेदवार विजयी भएका छन् ।