लालबन्दी-७ काे वडाध्यक्षमा विजयी कृष्ण भनेर चिनिने गाेपाल कार्की ।
लालबन्दी – लालबन्दीस्थित बजार क्षेत्र पर्ने वडा नं. ७ मा प्रतिस्पर्धीको भन्दा दोब्बर बढी मत ल्याएर नेपाली कांग्रेसका कृष्ण कार्की (गोपाल) वडाध्यक्षमा निर्वाचित भएका छन् ।
कार्कीसँगै वडा नं. ७ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा निर्वाचित कार्कीले १०४९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका दरेश चौधरीले ५२७ मत मात्रै प्राप्त गरे ।
यस्तै, वडा सदस्यहरुमा कांग्रेसकै तारा श्रेष्ठ, गिता कुमारी विश्वकर्मा, राधेश्याम गुप्ता र सुरज थापा विजयी भएका छन् ।
लालबन्दी ७ मा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार बासुदेव अधिकारीलाई ९४०, एमालेका गोविन्द महतलाई ४९२ र माओवादी केन्द्रका प्रल्हाद बुढाथोकीलाई १९६ मत खसेको छ ।
त्यसैगरी, उपमेयरमा नेपाली कांग्रेसकी कल्पना पाख्रिनलाई ८२७, नेकपा एमालेकी सनसरी माया थिङलाई ४७८ र नेकपा एकीकृत समाजवादीका गोविन्द महतलाई २४४ मत परेको छ ।
लालबन्दीमा यसअघि वडा नं. ५ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार एमालेका उम्मेदवारभन्दा तेब्बर बढी मतले बिजयी भएका थिए । कांग्रेसका उम्मेदवार रामप्रसाद ढुंगेल (रामु) ले ९४० मत प्राप्त गरी बिजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार ध्रुव ढुंगेलले २८९ मत मात्रै पाएका छन् ।