logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

लालबन्दी जेसिजको तेस्रो पदस्थापन कार्यक्रम सम्पन्न, अध्यक्षमा सन्तोष पौडेल


  • उज्यालो अभियान

लालबन्दी – लालबन्दी जेसिजको तेस्रो पदस्थापन कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

लालबन्दी नगरपालिका–९, बस्तीपुरस्थित होटल आर्यामा मंगलबार राती अबेर पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । पदस्थापन समारोहबाट लालबन्दी जेसिज २०२२ को अध्यक्षमा सन्तोष पौडेलसहित अन्य पदाधिकारीहरु घोषणा गरिएको छ ।

समितिको कार्यकारिणी उपाध्यक्षमा द्वोय राजकुमार सिंह र कोमलप्रसाद गौतम, उपाध्यक्षमा उपेन्द्र महतो, सुमन थापा, शिवहरि गौतम र सुनिता खरेल चयन भएका छन् । यसैगरी, कानूनी सल्लाहकारमा सरोजबाबु न्यौपाने, महासचिवमा ठाकुर प्रसाद बख्रेल (मनोज) र कोषाध्यक्षमा केशवराज खड्का चयन भएका लालबन्दी जेसिजका नवनिर्वाचित कार्यकारिणी उपाध्यक्ष राजकुमार सिंहले जानकारी दिए ।

जेसिजमा एउटा व्यक्ति एक पटक मात्रै सोही पदमा बस्न पाउने व्यवस्था छ । लालबन्दी जेसिज २०२१ का अध्यक्ष श्याम कुमार खड्काको अध्यक्षता तथा लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्काको प्रमुख आतिथ्यतामा आयोजित पदस्थापन कार्यक्रममा जेसिजका राष्ट्रिय उपाध्यक्ष द्वोय नरेशचन्द्र ओझा र रश्मी बस्नेत लगायतको आतिथ्यता रहेको थियो ।