logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

सीमा नाकामा हेल्थ डेक्स राखेर सावधानी अपनाइने


  • उज्यालो अभियान

जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठक ।

मलंगवा – छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको तेस्रो लहर व्यापक रुपमा फैलिएपछि सर्लाहीको सीमा क्षेत्रमा हेल्थ डेक्स राखेर भारतबाट आउनेहरुको स्वास्थ्य परीक्षण बढाइने भएको छ ।

आइतबार दिउँसो सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले जिल्लाको भारतसँग सीमा जोडिएका प्रत्येक पालिकाको नाकाहरुमा हेल्थ डेक्स राख्ने निर्णय गरेको हो । ती हेल्थ डेक्सहरुमा भारततर्फबाट आउनेहरुको ज्वरो परीक्षणसहित कोरोना भाइरसको संक्रमणको जस्तो लक्षण देखिए एन्टिजेन टेष्ट समेत गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले उज्यालो अभियानलाई जानकारी दिए ।

प्रजिअ गौतमले पालिकाहरु आफैले आ–आफ्नो ठाउँमा हेल्थ डेक्स खोल्ने निर्णय भएको बताए । यस्तै, कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य मापदण्डको पालना गर्न आग्रहसहित जनचेतना जगाउन पालिका, स्वास्थ्य कार्यालय, प्रहरी प्रशासन लगायत सबै निकायले प्रचारप्रसार गर्ने, तपाईको मास्क खोई ? अभियान संचालन गर्ने लगायतका निर्णय गरिएको छ ।

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी, मलंगवा नगरपालिकाका मेयर निरसल साह, भारतसँग टाँसिएका अन्य विभिन्न पालिकाका प्रमुखहरु, जिल्ला समन्वय समितिका समन्वय अधिकारी होमनाथ सुवेदी, जिल्ला अस्पताल र जिल्ला स्वास्थ्य कार्यालय मलंगवाका प्रमुख डा. नवलकिशोर झा, सुरक्षा निकायका प्रमुख, नागरिक समाज, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्सका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । सर्लाहीसँगै सीमा जोडिएको भारतको बिहारमा व्यापक रुपमा कोरोना संक्रमण फैलिएपनि सर्लाहीको सीमा नाकामा अहिलेसम्म कुनै सर्तकर्ता अपनाइएको छैन् ।

खुला सीमाबाट बिना परीक्षण र सतर्कर्ता निर्वाध रुपमा आउजाउ भइरहेको छ । जसले सीमावारी सर्लाहीमा पनि कोरोना संक्रमण पैmलने जोखिम धेरै रहेको भन्दै चिकित्सकहरुले स्वास्थ्य सावधानी अपनाउन जरुरी रहेको बताएका छन् ।