लालबन्दी – सर्लाहीको लालबन्दीमा आइतबार रौतहट सर्लाही यातायात प्रा.लि. को तेस्रो वार्षिक साधारण सभा तथा जनकपुर यातायात जीप टेम्पो व्यवसायी संघको २३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
व्यवसायी संघका अध्यक्ष राजेश कुमार मैनालीको अध्यक्षता, लालबन्दी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष गोपाल प्रसाद घिमिरेको प्रमुख आतिथ्यता, जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक (इन्सपेक्टर) केदारमान दोङको आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा यातायात संघका अन्य पदाधिकारी, संघमा आवद्ध यातायत व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।
सहभागी यातायात व्यवसायीहरुले साधारण सभाको हलमा आफ्ना पिरमर्का, गुनासा र सल्लाह सुझाव राखेका थिए । रौतहट सर्लाही यातायात प्रा.लि. तथा जनकपुर यातायात जीप टेम्पो व्यवसायी संघमा माइक्रो, म्याजिक, उइगर, सुमो लगायत गरी १५६ जना व्यवसायी आवद्ध रहेका छन् ।