हरिवन – सर्लाहीबाट एमालेको केन्द्रीय सदस्य भएका ५ जना नेताहरुको जिम्मेवारी तोकिएको छ ।
पार्टीको केन्द्रीय कमिटीले एमाले सर्लाहीको इन्चार्जको जिम्मेवारी नेतृ कमलादेवी महतोलाई दिएको छ । उनी पार्टीको केन्द्रीय सदस्य समेत हुन ।
यस्तै, ४ जना केन्द्रीय सदस्यहरु रन्जना सरकार, बद्री न्यौपाने, कल्पना कटुवाल र रिना साहलाई जिल्ला सह–इन्चार्जको जिम्मेवारी तोकिएको छ । यसअघि पार्टीको जिल्ला अध्यक्ष रहनुभएका रेवती पन्तलाई प्रदेश २ उपाध्यक्षको जिम्मेवारी दिइएको छ ।
सर्लाही एमालेको अध्यक्षमा हाल राजनारायण साह रहेका छन् ।