हरिवन – सर्लाहीको हरिवन नगरपालिका–८, चापिनीमा दलित र अतिविपन्न १६ परिवारलाई ब्लांकेट वितरण गरिएको छ ।
हरिवन नगरपालिका वडा नं. ११ घरभई हाल अमेरिकामा बस्दै आएका शैलेश मैनालीको सहयोगमा चिसोबाट प्रभावित परिवारहरुलाई एक÷एक थान ब्लांकेट प्रदान गरिएको हो । सोही अवसरमा स्थानीय एक जना अशक्त व्यक्तिलाई एक थान ह्वील चेयर प्रदान गरिएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस हरिवन–८, का वडा सभापति धनराज बुढाथोकी, विनोद महत, गणेश भण्डारी, राजिव मास्के, पन्च लामा, जीवन सुवेदी लगायतको उपस्थिति रहेको थियो ।