हरिवन – तामाङ पत्रकार संघ सर्लाहीको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
शनिबार हरिवनमा रहेको सामुदायिक रेडियो सर्लाहीको हलमा सम्पन्न तेस्रो अधिवेशनले रेडियो दर्शनका सञ्चारकर्मी चन्द्र बहादुर जिम्बालाई अध्यक्षमा सर्वसम्मतिले चयन गरेको हो।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सर्लाहीका अध्यक्ष घनश्याम बलम्पाकीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनको बन्द सत्रले जिम्बाको नेतृत्वमा ११ जनाको नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ। उपाध्यक्षमा ज्योति लामा, सचिवमा उदय पाख्रिन, कोषाध्यक्ष प्रमिला थिङ र सह(सचिवमा संगिना मोक्तान र अन्य सदस्य रहेका छन ।
आगामी पुस ३ गते हुन लागेको संघको छैटौं राष्ट्रिय महाधिवेशनको लागि प्रतिनिधिमा निवर्तमान अध्यक्ष साङ बहादुर लो (राजु), अध्यक्ष चन्द्र बहादुर जिम्बा र संगिना मोक्तानलाई प्रतिनिधिको रुपमा छनौट गरिएको र पर्यवेक्षकको लागि ज्योति लामा, उदय पाख्रिन र प्रमिला थिङलाई पठाउने निर्णय गरेको अध्यक्ष जिम्बाले जानकारी गराए।