बागवानी – सर्लाहीका जिल्ला वन प्रमुख (डीएफओ) परिवर्तन भएका छन् ।
यसअघिका जिल्ला वन प्रमुख माधव प्रसाद देवले ५८ वर्षे उमेर हदबन्दीले अबकाश पाएपछि सप्तरीमा रहेका डिभिजन वन प्रमुख सन्तोष कुमार झालाई सर्लाही पठाइएको हो । नयाँ डिभिजन वन प्रमुख झाले लालबदीस्थित डिभिजन वन कार्यालयमा आएर पदभार ग्रहण गरिसकेको कार्यालयले जनाएको छ ।
यसैबीच यसअघिका डिभिजन वन प्रमुख देवले प्रदेश सरकारको निजामती ऐनले ६० वर्षपछि मात्रै अवकाश हुने व्यवस्था गरेकाले आफूलाई पुनः बहाली गर्न आदेश दिन माग गर्दै सर्वोच्च अदालतमा रिट हालेको बुझिएको छ ।