घुर्कौली – सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीमा रहेको द्वन्द्व पीडित बाल गृहमा बिहीबार दिदीबहिनी महिला समूह साउदीले आर्थिक सहयोग गरेको छ ।
साउदीमा रहेर कार्यरत नेपाली महिलाहरुले बनाएको उक्त समूहले बालगृहका लागि ३१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । समूहकी अध्यक्ष चितवनी निवासी तुलसी गुरुङले आज दिउँसो बालगृहमा आश्रित मन्जु शान्तिलाई उक्त रकम हस्तान्तरण गरेको बालगृहले जनाएको छ ।
रकम हस्तान्तरण कार्यक्रममा प्रदेश सभा सदस्य बेची लुंगेली, बालगृह संचालन गरिरहेको चेतना सन्देश नेपालका अध्यक्ष सुरेन्द्र लामा, नरेन्द्र गुरुङ, राज तामाङ, वीरेन्द्र यादव लगायतको उपस्थिति थियो ।