logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

ईश्वरपुर नगरपालिकाले यो वर्ष पनि पशु सुत्केरी भत्ता दिने


  • उज्यालो अभियान

बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिकामा सुक्रवार २०० जना पशुपालक किसानलाई पशु सुत्केरी भत्ता वितरण गरिएको छ । ।

ईश्वरपुर नगरपालिकाको पशु सेवा शाखाको परिसरमा यो वर्षको लागि पहिलो पटक सुत्केरी भत्ता वितरण गर्दै यस कार्यक्रमको सुरुवात गरिएको हो । व्यवसायिक रुपमा पशुपालनमा लागेका किसानहरुलाई प्रोत्साहन स्वरुप एक सुत्केरी पशुका लागि १५०० का दरले २०० सुत्केरी गाईभैसीँको सुत्केरी भत्ता र घाँसको बीउ वितरण गरिएको ईश्वरपुर नगरपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रदिप कार्कीले जानकारी दिए ।

नगरपालिकाका मेयर मनोज कुमार देवकोटा, उपमेयर एकावती देवी चौधरी, पशु सेवा शाखाका प्रमुख शिकारी साह लगायतको उपस्थितिमा किसानहरुलाई पशु सुत्केरी भत्ता वितरण गरिएको नगरपालिका कार्यालयले जनाएको छ ।