logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

दृष्टिविहिन भई थला परेका भ्लोनलाई सहयोग


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवन नगरपालिका–२, अत्रौलीमा दृष्टिविहिन भई परेकी माया भ्लोनलाई आइतवार उनकै घरमै पुगेर सहयोग प्रदान गरिएको छ ।

हरिवन घरभई हाल अमेरिकामा बस्ने एक मनकारी युवाको आर्थिक सहयोगमा केही वर्ष अघिदेखि अचानक आँखा देख्न छाडेर थला परेका भ्लोनलाई आइतवार न्यानो कपडा र खाद्यान्न सहयोग गरिएको हो । उनलाई १० हजार रुपैयाँ बराबरको सिरक, डसना, सिरानी, खाद्य सामग्रीहरु चामल, दाल, नुन, तेल, चिउरा लगायत हस्तान्तरण गरिएको सहयोग हस्तान्तरण गर्न पुगेका समाजसेवी युवा युवराज भण्डारीले जानकारी दिए ।

यस्तै, अपागंता भई कष्टकर जीवनयापन गरिरहेका अर्का स्थानीय युवक राकेश राउतलाई पनि आइतवार नै दुई थान बैशाखी सहयोग गरिएको भण्डारीले बताए । नाम प्रचारमा ल्याउन नचहाने अमेरिकामा बस्ने ती मनकारी युवाले यसरी हरिवनका विभिन्न वडाका दुःखी पीडितलाई सहयोग गर्दै आइरहेका छन् ।