मलंगवा – बहुजन एकता पार्टी नेपालले आइतवार सर्लाही सदरमुकाम मलंगवामा प्रथम ऐतिहासिक जिल्ला सम्मेलन गरेको छ ।
मलंगवास्थित जिविस मैदानमा भएको सम्मेलनमा जिल्लाभरबाट ठूलो संख्यामा कार्यकर्ताहरु उतारिएको थियो । जो जमिन सरकारी है, वो जमिन हमारी है, नेपाल देश हमारा है, हम नागरिकता लेंगे जस्ता नारा लगाउँदै जिल्ला सम्मेलन गरिएको हो ।
जिल्लाका २० वटै पालिकाहरुबाट प्रतिनिधि सहभागी गराई ऐतिहासिक जिल्ला सम्मेलन गरिएको बहुजमन एकता पार्टी नेपालका वरिष्ठ नेता राजाराम पासवानले बताए ।