logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

पूर्व विद्यार्थीबाट रामवन माविका शिक्षकहरु सम्मानित


  • उज्यालो अभियान

गोडैता – सर्लाहीको गोडैता नगरपालिका–५, रामवनमा रहेको जनता माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थीहरुले सुक्रवार विद्यालयका वर्तमान तथा पूर्व शिक्षकहरुलाई सम्मान गरेका छन् ।

शिक्षकहरुकै योगदानले आफूहरु अहिले विभिन्न कार्यालयको प्रमुख, डाक्टर, इन्जिनियर लगायत उच्च ओहोदामा पुगेको भन्दै २०५० सालदेखि २०५७÷५८ सालसम्म विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुले आफूहरुलाई पढाएर अहिले अवकाश पाइसकेका तथा अन्यत्र सरुवा भएका १६ जना पूर्व शिक्षक र अहिले विद्यालयमा कार्यरत रहेका शिक्षकहरुलाई सम्मान गरेका हुन् ।

पूर्व विद्यार्थीहरुले आफूहरुलाई दोसल्ला, मायाको चिनो र उपहार दिएर सम्मान गरेका विद्यालयमा कार्यरत शिक्षक रामपवित्र साहले जानकारी दिए । उनका अनुसार विद्यालय परिसरमै सम्मान कार्यक्रम सम्पन्न भएको हो ।