logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

दिवंगत साथीको जन्मोत्सवमा वृद्धाश्रममा चामल सहयोग


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दीमा रहेको जनज्योति माध्यमिक विद्यालयको एसएलसी ब्याज २०६७ का विद्यार्थीहरुले आफ्नो एक जना दिवंगत साथीको जन्मदिन पारेर सोमवार वृद्धाश्रममा चामल सहयोग गरेका छन् ।

स्वर्गिय सुलभ गिरीको जन्मदिनको अवसर पारेर उनका साथीहरुले सोमवार दिउँसो लालबन्दी नगरपालिका–२, जुटपानीस्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा दुई बोरा चामल सहयोग गरेका हुन् । यस्तै, स्वर्गिय सुलभका साथीहरुले आश्रममा आश्रय लिएर बसिरहेका वृद्धवृद्धालाई सोमवार दिउँसोको खाजा खुवाउनुका साथै रामनामी ओढाएर वृद्धवृद्धालाई सम्मान समेत गरेका छन् ।

वृद्धवृद्धालाई सम्मान अनि खाद्यान्न सहयोग गर्न स्वर्गिय सुलभको एसएलसी ब्याजका साथीहरु अभिषेक चौहान, राजेश दाहाल, गगन दंगाल, नवराज श्रेष्ठ, सुमन विक, नवराज सापकोटा, रवी खड्का, प्रल्हाद पोखरेल, राहुल ढुंगेल, अमन गोले, नितेश यादव, श्याम महतो आश्रममै पुगेका थिए । त्यसैगरी, प्राप्ती उप्रेती, सुष्मा खड्का, सिर्जना वाग्ले, सिर्जना दाहाल लगायतले पनि मिलेर खाद्यान्न सहयोग गरेका हुन् ।

लालबन्दी नगरपालिका–९, बस्तीपुर घर भएका शुलभको केही महिनाअघि सुनसरीमा भएको मोटरसाइकल दुर्घटनामा परेर ज्यान गएको थियो ।