logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

हरैयामा नेपाली कांग्रेसको शुभकामना साटासाट


  • उज्यालो अभियान

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका–४, हरैयामा आइतवार नेपाली कांग्रेसको शुभकामना साटासाट एवं चियापान कार्यक्रम सम्पन्न भएको छ ।

पार्टीको क्षेत्र नं. १ (ख) का क्षेत्रीय सभापति सेख साहदुल्लाहको आयोजनामा छठ पर्वको अवसरमा शुभकामना साटासाट कार्यक्रम गरिएको हो । साहदुल्लाहकै अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य जंगिलाल रायको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य एवं पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ, पार्टीका जिल्ला सभापति नागेन्द्र कुमार राय, प्रदेश २ सरकारका महिला, बालबालिका तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहले मन्तव्य राखे ।

त्यसैगरी, प्रदेश सभा सदस्य उपेन्द्र कुशवाहा, क्षेत्र नं. १ का क्षेत्रीय सभापति प्रमोद बराल, पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण राय, संविधान सभा सदस्य रामचन्द्र चौधरी, हरिपुर–४ का वडाध्यक्ष गुनेश प्रसाद साह, नेता नारायण गुर्मछान लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।