logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न


  • उज्यालो अभियान

मलंगवा – वल्र्डभिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा बागमती सेवा समाज नेपाल र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रद्वारा सर्लाहीको पर्सा गाउँपालिकामा संचालन गरिरहेको बाल स्पोन्सरशिप र पोषण तथा उत्थानशिल जीविकोपार्जन परियोजनाको परिचयात्मक कार्यक्रम आइतवार सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा बोल्दै पर्सा गाउँपालिकाका अध्यक्ष किसुनदेव रायले गरीब, दलित र पछाडि पारिएका वर्गले दुबै संस्थाबाट संचालित कार्यक्रमबाट लाभ लिएको बताए । उनले अनुगमनका क्रममा लक्षित वर्गको जीवनमा सकारात्मक परिवर्तन भएको देख्दा खुशी व्यक्त गरे ।

सो अवसरमा गाउँपालिका उपाध्यक्ष इन्द्रकला देवी साह, वडाध्यक्षहरु भिखारी साह, नागेन्द्र राय, सुरेन्द्र राय, बाल क्लवको कोषाध्यक्ष पुजा कुमारी महतोले समेत आफ्नो भनाई राखेका थिए । यसअघि बागमती सेवा समाज नेपालका परियोजना संयोजक कुमार भण्डारीले बाल संरक्षण तथा बाल स्पोन्सरशिप परियोजना र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रका कार्यक्रम प्रवन्धक रामकुमार यादवले पोषण तथा उत्थानशिल जीविकोपार्जन परियोजनाको आगामी आर्थिक वर्ष सन् २०२२ मा संचालन हुने क्रियाकलापहरुको विस्तृत विवरण प्रस्तुत गरेका थिए ।

यस अन्तर्गत वल्र्डभिजन इन्टरनेसनलसँगको साझेदारीमा पर्सा गाउँपालिकामा बाल स्पोन्सरशिप परियोजना अन्तर्गत १ करोड २३ लाख ६७ हजार ३ सय ७२ रुपैयाँ र पोषण तथा उत्थानशिल जीविकोपार्जन परियोजना अन्तर्गत २ करोड १८ लाख २२ हजार ३ सय ४८ रुपैयाँ आगामी आर्थिक वर्षमा खर्च हुने जानकारी सो अवसरमा दिइएको छ । सोही अवसरमा दुबै संस्थाबाट गएको आर्थिक वर्ष २०२१ मा संचालन गरिएका क्रियाकलापहरुको उपलब्धी तथा बजेट विवरण प्रस्तुत गरिएको थियो ।

पर्सा गाउँपालिकाका अध्यक्ष किसुनदेव रायको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रम वल्र्डभिजन इन्टरनेसनलका स्पोन्सरशिप कार्यक्रम संयोजक सीता चौधरीले सर्लाही जिल्लामा २ वटा साझेदार संस्थासँग समन्वय गरी नियमित विकासे कार्यक्रम र कोभिड १९ सँग सम्बन्धित राहतका क्रियाकलापहरु संचालन गरिएको जानकारी दिए । सो कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, लक्षित वर्गका प्रतिनिधि, बाल क्लव आदिको सहभागिता रहेको थियो ।