logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

खेतमा घाँस काटन गएकी महिलाको करेन्ट लागेर मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

मलंगवा – भारतीय सीमा नजिकै पर्ने सर्लाहीको पर्सा गाउँपालिकामा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।

खेतमा घाँस काट्न गएका बेला पर्सा गाउँपालिका वडा नंं. ५ की ५२ वर्षीया सेवो देवी पासवानलाई करेन्ट लागेर ज्यान गएको हो ।

पासवानलाई वुधवार साँझ पर्साबाट पिपरा गाउँतर्फ जाने पुल नजिकै रहेको विद्युत्को पोलमा जोडिएको अर्थिङको तारमा छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ ।