logo
  • शुक्रबार, अशोज १६, २०८३ / Friday, Oct, 02 ,2026

साना किसान हरिभवनको ३२ औँ वार्षिक साधारण सभा सम्पन्न


  • उज्यालो अभियान

मदन नेपाल/लालबन्दी, ०९ असोज – लालबन्दी नगरपालिका ४ हरिभवनमा रहेको साना किसान कृषि सहकारी संस्थाको आज ३२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष दशरथ चौधरीको अध्यक्षता तथा जिल्ला कृषि सहकारी संघका अध्यक्ष एवं लालबन्दी नगरपालिकाका पूर्व मेयर मानबहादुर खड्काको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । हरिभवनस्थित संस्थाकै कार्यालय परिसरमा आयोजित साधारण सभामा साना किसान विकास लघुवित्त वित्तीय संस्था बर्दिवास शाखाका प्रवन्धक निरन्जन निसाद, सोही कार्यालयका मनिषकुमार कर्ण, मधेश प्रदेश खेलकुद परिषद्का सदस्य प्रभुनारायण शिवाकोटी, लालबन्दी ३ का वडाध्यक्ष वुद्धदेव चौधरी, लालबन्दी ४ का वडाध्यक्ष सत्यनारायण चौधरीलगायतको आतिथ्यता रहेको थियो ।

साधारण सभामा गत आर्थिक वर्षको आयव्यय पारित गर्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गरिएको संस्थाका प्रवन्धक प्रेमबहादुर थापाले जानकारी दिए । उनका अनुसार साधारण सभामा उत्कृष्ट ऋणी, बचतकर्तालगायतलाई दुध बोक्ने कित्लीसहितले सम्मान गरिएको छ ।

संस्थाले किसानबाट विभिन्न खाद्यान्न बाली र दुध खरिद तथा बिक्री गर्दै आइरहेको छ ।