logo
  • आइतवार, अशोज ४, २०८३ / Sunday, Sep, 20 ,2026

साना किसानको २० औँ वार्षिक साधारण सभा सम्पन्न


  • उज्यालो अभियान

हरिपुर, ०४ असोज – सर्लाहीको हरिपुर नगरपालिका २ हरिपुर बजारमा रहेको साना किसान कृषि सहकारी संस्थाको २० औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

‘साना किसानको समृद्धिका लागि कृषिको रुपान्तरण र उद्यमशिलताको विकास’ भन्ने मूल नारासहित संस्थाकी अध्यक्ष बबिताकुमारी चौधरीको अध्यक्षतामा नियमित वार्षिक साधारण सभा सम्पन्न भएको हो । साधारण सभाको संविधान सभा सदस्यहरु रामचन्द्र चौधरी र रन्जना सरकारले संयुक्त रुपमा राष्ट्रिय झण्डा फहराएर तथा ब्यानर पढेर उद्घाटन गरेका छन् ।

सभामा साना किसान कृषि सहकारी संघ सर्लाहीका अध्यक्ष मानबहादुर खड्का, हरिपुर २ का वडाध्यक्ष निलबिक्रम थापा, हरिपुर ७ का वडाध्यक्ष मनोजकुमार चौधरीलगायतले मन्तव्य व्यक्त गरे ।

संस्थाले गत आर्थिक वर्ष २०८२/८३ मा कूल ४७ करोड ५२ लाख ३७ हजार ५ सय कारोवार गरी १ करोड ४५ लाख ९२ हजार ९९९ रुपैयाँ नाफा गरेको प्रवन्धक नरेन्द्र चौधरीले जानकारी दिए । उनका अनुसार संस्थाले कृषि उत्पादन, व्यापार, पशुपालन, ग्रामीण उद्यमलगायतमा लगानी एवं कर्जा प्रवाह गर्दै आइरहेको छ ।

संस्थाले सबा २ करोडको भवन निर्माण, ८० लाखमा पशु आहार उद्योग स्थापनासहितका काम गरेको साधारण सभामा जानकारी गराइएको छ ।