प्रतिकात्मक तस्बिर ।
गम्हरिया, ०३ असोज मलंगवा नगरपालिका–११, गम्हरियामा आज साँझ मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
गम्हरियाबाट मलङ्गवातर्फ गइरहेको प्रदेश २–०३–०१९ प ३०७ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा पैदलयात्री स्थानीय ७० वर्षीय बालमिकी राय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमले बताए ।
मोटरसाइकलको ठक्करबाट साइकलयात्रु मलंगवा नगरपालिका–४, ५९ वर्षीय महेश महतो घाइते भएका छन् । कम्मर र दुवै खुट्टामा सामान्य चोट लागेर घाइते उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरीले जनायो ।
मोटरसाइकल र त्यसका चालक प्रहरी नियन्त्रणमा छन् ।