logo
  • शनिबार, अशोज ३, २०८३ / Saturday, Sep, 19 ,2026

डिआइजी भट्टद्वारा सर्लाहीका सरोकारवालासँग छलफल


  • उज्यालो अभियान

मलंगवा, ३० भदौ – मधेश प्रदेशका सशस्त्र प्रहरी प्रमुख एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) विष्णुप्रसाद भट्टले मंगलबार दिउँसाे सर्लाहीका सरोकारवालासँग छलफल गरेका छन् ।

डिआइजी भट्टले कविलासीस्थित अगर्वामा रहेको सशस्त्र प्रहरी बल नेपालको नम्बर १० गण हेक्वामा जिल्लास्थित राजनीतिक दलका प्रमुख, नागरिक समाजका अगुवा, उद्योगी, व्यवसायी र संचारकर्मीसँग सीमा क्षेत्रको अवस्था, तस्करी नियन्त्रणलगायत विषयमा छलफल गरेका हुन् ।

छलफलमा डिआइजी भट्टले खुला सीमाका कारण हुने राजस्व छली अर्थात् तस्करी नियन्त्रण के कसरी गर्न सकिन्छ भनी सरोकारवालाबाट राय, सुझाव लिएका छन् । डिआइजी भट्ट सीमा क्षेत्र निरीक्षण तथा सरोकारवालासँग छलफल गर्दै सर्लाही आइपुगेका सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक अमरबहादुर खत्रीले जानकारी दिए ।

आज साँझ सर्लाहीको कार्यक्रम सकेर डिआइजी भट्ट बर्दिवासस्थित बाहिनीतर्फ प्रस्थान गरेका छन् ।