logo
  • सोमवार, अशोज ५, २०८३ / Monday, Sep, 21 ,2026

नेपाल प्रेस युनियन सर्लाहीको नेतृत्व फेरियो


  • उज्यालो अभियान

लालबन्दी, ०४ असोज – नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन सर्लाही शाखाको नयाँ नेतृत्व चयन भएको छ ।

आज लालबन्दीमा सम्पन्न ८ औँ जिल्ला अधिवेशनले रामबाबु खड्का अध्यक्ष रहने गरी प्रेस युनियनको ९ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरेको हो । अध्यक्षमा खड्कासहित उपाध्यक्षमा वुद्धबहादुर विक (दीपक), सचिवमा घनश्याम बलम्पाकी (दीपक), सहसचिवमा कश्यप बराल, कोषाध्यक्षमा विनोद अधिकारीलगायत अन्य चयन भएका छन् ।

अधिवेशनले केन्द्रीय अधिवेशनको प्रतिनिधिका रुपमा राजेश मिश्र, रोशन न्यौपाने, कृष्ण यसमाली, टंकबहादुर क्षेत्री, कृष्णप्रसाद थपलिया र पुस्तिका केसीलाई तथा प्रदेश अधिवेशन प्रतिनिधिमा सोम दियाली, राकेश गुप्ता र सन्जु कर्णलाई चयन गरेको छ ।

नेपाल प्रेस युनियन सर्लाही शाखाका अध्यक्ष कृष्णप्रसाद थपलियाको अध्यक्षता तथा युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।

नेपाल प्रेस युनियन मधेश प्रदेशका सदस्य मुकेश झाको स्वागत तथा पूर्व सचिव एवं वर्तमान अध्यक्ष रामबाबु खड्काको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।