लालबन्दी, ०३ असोज – सर्लाहीको लालबन्दीमा आज उद्योग वाणिज्य संघको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष महेश महतोको अध्यक्षता, मधेश प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यता र लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीको विशिष्ठ आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा कालिध्वज गण पाँचकुमारी ब्यारेकका गणपति एवं कर्णेल उमेश खड्का, लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइटेल, इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख श्याम थापा मगर, जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख झलक शर्मा, उद्योग वाणिज्य संघका वर्तमान तथा पूर्व पदाधिकारी, उद्योगी, व्यवसायीलगायतको उपस्थिति रहेको थियो ।
साधारण सभाले संस्थाको गत आर्थिक वर्ष २०८२÷८३ को हरहिसाबसहित विभिन्न प्रतिवेदन पारित गरेको महासचिव गोपाल श्रेष्ठले जानकारी दिए ।