हरिपुर, ०४ असोज – संविधान दिवस, २०८३ को अवसरमा गएसाँझ सर्लाहीमा दीप प्रज्वलन गरिएको छ ।
संविधान जारी भएको दिनको स्मरणमा खुसीयाली मनाउँदै जिल्लाभर नै दीप प्रज्वलन गरिएको हो । विशेष गरी सरकारी कार्यालय, बजार, चोक, चौतारामा गएसाँझ दीप प्रज्वलन भएका हुन् ।
जिल्लागतरुपमै भएको निर्णय बमोजिम आफूहरुले पनि साँझ वडा कार्यालय परिसरमा दीप प्रज्वलन गरेको हरिपुर २ का वडाध्यक्ष निलबिक्रम थापाले जानकारी दिए ।